बुटवल । लुम्बिनी प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ ।
लुम्बिनी प्रदेश सरकारको १३ चैत २०७७ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २ माघ आइतबारका दिन माघी/माघे संक्रान्तिको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक बिदा रहेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको हो ।
लुम्बिनी प्रदेश सरकारले थप बिदा आवश्यकताअनुसार प्रदेशभर र कुनै क्षेत्र भेगअनुसार दिने छवटा बिदा दिन पाउने निर्णयअनुसार २ माघका दिन सार्वजनिक बिदा दिइएको मन्त्रालयका शाखा अधिकृत देवीराम पाठकले बताए ।
१ माघका दिन केन्द्र सरकारले नै बिदा दिएको तथा शनिबारसमेत परेकाले थप बिदा दिनुपर्ने निर्णयअनुसार २ माघका दिन पनि बिदा दिइएको उनले जानकारी दिए ।
लुम्बिनीका नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा रहेका थारू समुदायले माघी पर्व पाँच दिनसम्म मनाउँछन् ।
प्रतिक्रिया दिनुहोस्