Ads

अध्यक्ष ओलीको दाबी :  गठबन्धन पनि टुट्दैन, प्रचण्डजीले कांग्रेसलाई समर्थन पनि गर्नुहुन्न, पुस १० को सहमति नै कार्यान्वयन हुन्छ


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सहमति कार्यान्वयन हुने दाबी गरेका छन् ।

कांग्रेसको सक्रियतामा पाँचदलीय गठबन्धन बिउँताउन गृहकार्य सुरू भएको चर्चाका बीच जन्मदिनका अवसरमा निजी निवास बालकोटमा आयोजित कार्यक्रमपछि उनले सत्ता गठबन्धन नटुट्ने दाबी गरे ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई समर्थन गर्नुभयो भने गठबन्धन के हुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘उहाँले त्यस्तो गर्दै गर्नुहुन्न । गर्न मिल्दैन । उहाँले हामीसँग पुस १० गते नै सम्झौता गरिसक्नुभएको छ ।’

Ads

सम्बन्धित पोष्टहरू