Ads

प्रचण्डले भने माधव नेपाललाई : ‘अब नेकपा नै ब्यूँताउँ, तपाईं राष्ट्रपति बन्नुहोस्


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग तत्कालीन नेकपा ब्यूँताउने प्रस्ताव राखे । नेपाल र पोखरेलबीच विहिबार दिउसो भेटवार्ता भएको थियो ।

अध्यक्ष नेपालले नेकपा ब्यूँताउने भए आफू राष्ट्रपति बन्न तयार रहेको बताएका थिए ।

त्यसभन्दा अगाडि प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालसँग यस विषयमा कुरा गरेको सुचना बाहिरिएको छ ।

स्रोतका अनुसार एमाले र एकीकृत समाजवादीबीच एकता प्रयास भइरहेको सम्वन्धमा नेपालसँग प्रचण्डले जिज्ञासा राखेका थिए । नेपालले यस विषयमा सकारात्मक जवाफ दिएपछि प्रचण्डले नेकपा नै ब्यूँताउने अफर गरेका हुन् ।

‘तपाईं मात्र एमालेसँग मिलेर हुन्न नि, म पनि त मिल्नुपर्यो,’ प्रचण्डको भनाइ उद्वृत गर्दै स्रोतले भन्यो, ‘अब नेकपा नै ब्यूँताउँ, तपाईं राष्ट्रपति बन्नुहोस् ।’

प्रचण्डको सो प्रस्तावपछि नेपालले एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलसँग भेटेका हुन् । साथै, नेकपा एसका अन्य नेताहरु पनि एमालेसँग सवादमा जुटेका छन् । केही नेताहरुले आजै एमालेको पार्टी कार्यालयमा गएर कुराकानी गरेको समेत स्रोतले बतायो ।

सत्ता गठबन्धन टुट्ने स्थिति आएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव प्रधानमन्त्री प्रचण्डसँग राखेका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा बनेको भए पनि पछि नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतले दिएको आदेश अनुसार नेकपा विघटन भएर दुई पार्टी पहिल्यैकै रुपमा फर्केका थिए ।

त्यसपछि नेकपा एमालेबाट अलग भएर नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो ।

पछिल्लो यही विकासक्रमले गर्दा आज हुने भनिएको तत्कालीन पाँच दलीय गठबन्धनको बैठक स्थगित भएको छ । अहिले माओवादी, नेकपा एस र जसपाबीच छलफल भइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू