Ads

प्रचण्डजीले जनयुद्धका साथी र सिपाहीलाई त धोका दिनुभो भने मलाई धोका दिनु कुन ठूलो कुरा ?


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन माओवादीले जनयुद्धको नामले हिंसात्मक यात्रा सुरु गरेको बताएका छन् ।

ओलीले नेपालमा ठूला–ठूला आन्दोलन भएको र पछिल्लो समय पुष्पकमल दाहाल प्रचण्डले हिंसाको बाटो हिँडेर हजारौंको क्रुरतापूर्वक हत्या भएको बताए ।

उनले प्रधानमन्त्री प्रचण्डले युद्धका बेलाका साथी, सिपाहीलाई धोका दिएको जनतालाई धोका दिएको उल्लेख गर्दै आफूलाई धोका दिनु ठूलो कुरा नभएको बताए । शहीद परिवार तथा विभिन्न आन्दोलनमा घाइते भएकाहरुलाई सम्मानमा आयोजित कार्यक्रममा ओलीले यस्तो बताए ।

‘जनतालाई धोका दिनुभो, सहयोद्धालाई धोका दिनुभो, जनतालाई धोका दिनुभो, आफूलाई त्यस ठाउँमा पुर्याउनेलाई धोका दिनुभो भने मलाई धोका दिनु कुन ठूलो कुरा ?’, ओलीले प्रश्न गरे ।

‘हिजो उहाँले भन्नुभो, दुई महिना कस्तो गाह्रो भएको थियो । साँच्चै गाह्रो भएको थियो उहाँलाई । हरियो देख्नै नहुने दाम्लो छिनाउन खोजेर जान खोज्ने मैले रोक्दिने अनि तान्दिएपछि गाह्रै भएको थियो । मलाई थाहा थियो । उहाँ टिक्न सक्नुहुन्न । उहाँका गतिविधि ठीकठाक चलुन् । मसँग काम गर्दा काले–काले मिलेर खाउँ भाले हुन सक्दैन । जहाँ हुन्छ त्यहाँ जानु,’ ओलीले भने ।

ओलीले ठूलो कचौरामा दूध र भात दियो भने छिमेकीको बिरालो आफ्नै भइहाल्छ भन्दै कटाक्ष गरे ।

Ads

सम्बन्धित पोष्टहरू