Ads

एमालेका मन्त्रीहरूप्रति गरेको प्रचण्डको व्यवहारले पनि तत्काल सरकार छोड्न बाध्य बनायो : पौडेल


काठमाडौं । नेकपा एमाले उपमहासचिव विष्णु पौडेलले एमालेका मन्त्रीहरूप्रति प्रचण्डको व्यवहारले पनि तत्काल सरकार छोड्न बाध्य बनाएको उल्लेख गरे । आजको सचिवालय बैठकपछि उपमहासचिव पौडेलले एमालेले परराष्ट्रमन्त्री विमला राई पौडेललाई जेनेभा जान रोक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कदमप्रति आपत्ति जनाएको बताए ।

मन्त्रिपरिषदले निर्णयसमेत गरिसकेर भ्रमणमा जाने तयारीमा रहेका मन्त्रीलाई रोक्नु आपत्तिजनक रहेको एमालेले ठह-याएको छ ।

मन्त्री पौडेलले भने, ‘यसले नकारात्मक सन्देश गएको छ र राष्ट्रको इज्जतमाथि प्रतिकुल प्रभाव पारेको छ ।’

प्रधानमन्त्रीले एमालेले स्वेच्छाले सरकार नछाडेमा आफैँ हटाउने वा मन्त्रीहरूलाई विभागीय बनाउनेसम्मको तयारी गरेको पौडेलले आरोप लगाए ।

Ads

सम्बन्धित पोष्टहरू