Ads

‘शान्ति सम्झौता विपरीतका गतिविधिको संयुक्त प्रतिवाद गर्छौ’: उपाध्यक्ष महरा


काठमाडौँ, । नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले मुलुकलाई प्रतिगमनको दिशामा अगाडि बढाउन चाहने प्रवृत्तिको प्रतिवाद जरुरी रहेको बताएका छन् ।

माओवादी धारका पार्टीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अग्रगमन र प्रतिगनबीचको लडाइँ पेचिलो बन्दै गएकाले शान्ति सम्झौता विपरीतका गतिविधि देखा पर्न खोजेको बताए ।

देशमा विद्यमान समस्या समाधानका लागि आफूहरु मात्रै नभइ यससँग सरोकार राख्ने सबैको साझा प्रयास जरुरी रहेको उनको भनाई छ ।

 

Ads

सम्बन्धित पोष्टहरू