Ads

प्रदेश प्रमुखहरुद्वारा प्रधानमन्त्री प्रचण्डसँग सामूहिक भेट


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रदेश प्रमुखहरुले सामूहिक भेट गरेका छन् । प्रदेशका प्रमुखहरुले बालुवाटारमा पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी हनुसार काठमाडौं आएका उनीहरू प्रधानमन्त्रीको निवासमा सामूहिक रुपमा गएका थिए ।

भेटका अवसरमा प्रदेशलाई बलियो बनाउन संघले गर्नुपर्ने सहयोगलगायत विषयमा पनि समसामयिक छलफल भएको बताइएको छ ।

प्रदेश प्रमुखहरू केन्द्र सरकारले राजनीतिक सहमतिका आधारमा फेर बदलसमेत गर्ने सक्ने कानुनी अधिकार हुन्छ । पहिले पनि विभिन्न समयमा राजनीतिक भागबन्डाका आधारमा प्रदेशका प्रमुखहरू फेरबदल हुँदै आएका थिए ।

अहिले भने राजनीतिक समीकरण तथा सत्तामा भित्रिने र बाहिरिने राजनीतिक दलहरूको फेरबदल भइरहे पनि प्रदेश प्रमुखहरूको फेरबदलले चर्चा पाइसकेको छैन ।

Ads

सम्बन्धित पोष्टहरू