Ads

मध्यपश्चिम विश्वविद्यालयको स्ववियू निर्वाचन स्थगित गर्न उच्च अदालत सुर्खेतको आदेश जारी


काठमाडौँ, । उच्च अदालत सुर्खेतले मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन स्थगित गर्न आदेश जारी गरेको छ ।

मंगलबार ‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम) मा अध्ययनरत तीनजना विद्यार्थीले मतदानबाट बञ्चित गराइएको भन्दै दायर गरेको रिटमा अदालतले यस्तो आदेश दिएको हो । अदालतले अर्को आदेश नआउँदासम्म चैत ३ गते हुन लागेको निर्वाचत रोक्न भनेको हो ।

अदालतले चैत ८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । ती विद्यार्थीले मध्यपश्चिम विश्वविद्यालय लगायत पाँचवटा कार्यालयविरुद्ध उच्च अदालतमा रिट दायर गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू