Ads

यसरी लिन सकिन्छ कोरोना खोपको, फोटो सहितको डिजिटल कार्ड


काठमाण्डौ । अहिले धेरै क्षेत्रमा कोरोना विरुद्धको खोप कार्ड अनिवार्य गरिएको छ । यस्तो अवस्थामा कतिपयलाई कार्ड हराएर हैरानी भएको छ भने कतिपयलाई कार्ड बोकेर हिड्दाको हैरानी । यसै कुरालाई ध्यानमा राख्दै स्वाथ्य तथा जनसंख्या मन्त्रालयले सम्वन्धित व्यक्तिको फोटो सहितको खोप कार्ड आफै प्रिन्ट गर्न मिल्ने गरी सफ्टवेयरको विकास गरी कार्यन्वयनमा ल्याएको छ ।
यस अघि क्यूआर कोडको व्यवस्था भएपनि अहिले भने फोटो सहित नै तपाईले आफ्नो खोप काड मोवाईलमा डाउनलोड गरेर राख्ने सक्नुहुने छ भने आवश्यकताको आधारमा प्रिन्ट पनि गर्न सक्नुहुने छ ।

यसो गर्नोस
यसका लागि तपाई  https://vaccine.mohp.gov.np मा जानोस । कोभिड–१९ को पुरा मात्राको भ्याक्सिन प्राप्त गरेको भनि क्यूआर कोड सहितको प्रमाणित सर्टिफिकेट लिनको लागि आवेदन फारम भर्न यहाँ क्लिक गर्नुहोस भन्ने अप्सनमा गएर क्लिक गरेपछि एउटा नयाँ पेज खुल्ने छ ।


उक्त पेजमा सबैभन्दा माथि तपाईको नाम, बीचको नाम र थर लेख्नुपर्ने हुन्छ । यस पश्चात तपाईले आफ्नो लिङ्ग र राष्ट्रियता भर्नुपर्ने हुन्छ ।


योसंगै तपाईको नागरिकतामा रहे अनुसारको स्थायी ठेगाना लेख्ने अप्सनहरु तपाईले देख्न सक्नुहुन्छ ।

अनलाईनमा उल्लेख भए बमोजिमको वडा, टोल मोवाईल नम्बर, तत्काल बैदेशिक यात्रामा जाने वा नजाने, परिचय पत्रको किसिम, परिचय पत्र नम्बर, जारी भएको जिल्ला, जन्म मिति र पेशा छान्न सक्नुहुने छ ।

योसंगै तपाईको अन्य विवरणमा तपाईको स्वास्थ्य अवस्थाका बारेमा प्रश्न राखिएको छ ।
तपाईको शारिरिक अवस्थाको बारेमा समेत जानकारी राखिसकेपछि त्यस भन्दा तल तपाईले आफुले लगाएको खोपको नाम, मिति र खोप केन्द्रका बारेमा जानकारी भर्नुपर्ने हुन्छ ।

यस पश्चात तपाईले आफुले यो फारम भरिरहेको मोवाईल वा कम्यूटर, ल्यापटपमा आफ्नो नागरिकताको फोटो, आफ्नो पासपोर्ट साईजको फोटो र आफुले लगाएको खोपको नाम, मिति र खोप केनद्र देखिनेगरीको कार्डको फोटो अपलोड गर्नुपर्ने हुन्छ ।


यति गरिसकेपछि त्योसंगै पेश गर्नुहोस भन्ने अर्को अप्सन देख्न सक्नुहुने छ । पेश गरिसकेपछि तपाईले भरेका जानकारीहरु सहि छन छैनन् भनेर रुजु गर्न पाउनुहुनेछ । यो कम्यूटरले नै देखाईदिने छ ।
त्यहाँ केही जानकारी थप्नु वा हटाउनु पर्ने भए सम्पादन जान सक्नुहुन्छ । सव ठिक छ भने सबमिट गर्न सक्नुहुने छ ।
यसपश्चात तपाईको स्क्रीनमा एउटा १५ वटा नम्बर र एउटा अंग्रेजी अक्षर सहितको कोड देखिने छ ।

यसलाई तपाईले सुरक्षित गर्नुपर्ने हुन्छ । यस पश्चात तपाईलाई नोटमा एउटा सूचना छाडिएको हुन्छ, जसमा तपाईले अब यो कार्ड कहाँ गएर लिन सक्नुहुन्छ भन्ने बारेमा उल्लेख गरिएको छ ।
प्रयोगकर्ताको अनुभव
कोरोना विरुद्धको खोप कार्ड अनलाईनबाट आफै लिन र भर्न मिल्ने सुविधाप्रति काठमाण्डौ बल्खुका पल्लव पण्डित खुसी हुनुहन्छ । भर्खर सिभिल इन्जिनियरिङ सकेका २१ वर्षे पण्डित भन्नुहुन्छ-कोरोना खोप लगाउँदा कति भिड थियो, त्यहीबाट कोरोना सर्छकी भन्ने डर थियो । यो कार्ड अहिले जताजतै अनिवार्य गरेको छ । लिएर हिडौं हराउने र च्यातिने डर, नलगौं अहिले हिडडुल गर्न अनिवार्य जस्तै भयो । यो काम सेवाग्राहीको हितमा छ । जे होस अनलाईनबाटै आफ्नो कार्डको जानकारी पठाएर कार्ड प्राप्त गर्न पाउने भएँ खुसी लाग्यो ।
तर यो अनलाईन नभएका र विद्युतिय सामग्री नचालाउनेहरुको पहुँचमा पुग्न सक्दैन यसले केही असहज हुने उनको बुझाई छ । यस्तो सेवालाई गाउँतहसम्म पु¥याउन आवश्यक रहेको सेवाग्राही पण्डितको अनुरोध छ ।
देशभर आकर्षण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने धेरैको कार्ड हराउने, च्यातिने र कार्ड बोकेर हिड्दा झन्झटिलो हुने गरेको गुनासो आएपछि फोटोसहितको डिजिटल खोप कार्ड ल्याएको जनाएको छ । खबरपोस्टसंग कुरा गर्दै मन्त्रालयका सह प्रवक्ता डा. शमिर कुमार अधिकारीले खोप कार्ड हराउने, च्यातिने वा अन्य कुनै कारणले नासिने समस्या समाधान गर्ने साेंचका साथ नै क्यूआर कोड पनि रहनेगरि फोटो सहितको डिजिटल खोप कार्ड आफै बनाउन सक्नेगरी मन्त्रालयले यो व्यवस्था गरेको जानकारी दिनुभयो ।
खबरपोस्टसंग उहाँले भन्नुभयो ‘कतिपयलाई यो कार्ड लिन असहज पनि हुनसक्छ तर सक्ने जति यो काड लिँदा फाईदा नै पुग्नेछ ।’ ग्रामिण क्षेत्रमा इमेल इन्टरनेटको पहुँच कम, मुवाईल ल्यापटपको उपलब्धता भएपनि फामर भर्ने गरी सबै सुविधा नहुँदा केही समस्या भएपनि धेरैले यो सोवा लिईरहेको उँहाले प्रतिक्रिया दिनुभयो ।
सह प्रवक्ता अधिकारीले भन्नुभयो ‘भर्खर सुरु भएको छ । देशभरबाट यसमा आकर्षण बढिरहेको देखिन्छ । हजारौंले अहिले डिजिटल काईका लागि आवेदन गरिरहनुभएको छ ।’ अपलोड भएको सबै जानकारीलाई रुजु गरेर सत्य तथ्य यकिन गरेपछि मात्रै कार्ड उपलब्ध गराउनेगरी व्यवस्था गरिएको उँहाले बताउनुभयो । यसकारण फारम भरेको केही दिनमै डिजिटल कार्ड उपलब्ध हुने उहाँले बताउनुभयो ।
यो कार्ड लिनका लागि तपाईले खोप लगाएको कार्डको फोटो, आफ्नो फोटो र नागरिकताको फोटो अनिवार्य छ ।

Ads

सम्बन्धित पोष्टहरू