काठमाडौं, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शतप्रतिशत सांसदको विश्वासको मत पाउने आशा गरेको बताएका छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै (भोलि) शतप्रतिशत सांसदको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताए ।
पहिला ९९.२५ प्रतिशत सांसदको विश्वासको मत पाएको उल्लेख गर्दै उनले भोली सय प्रतिशत पुग्ने आशा व्यक्त गरेका हुन् । उनले भने, ‘‘मैले त आशाको कुरा गर्दा पहिला विश्वासको मत लिँदा ९९.२५ थियो । भोलि सय नै हुन्छ भन्ने आशा छ।’’
प्रधानमन्त्री प्रचण्डले सोमबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । उनलाई हालसम्म नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन्।
https://www.youtube.com/watch?v=wrnAL1s7WqI
प्रतिक्रिया दिनुहोस्