Ads

विश्वासको मत पाएपछि प्रचण्डले भने : ‘अब आरामसँग सरकार चल्छ


काठमाडौं । प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिदेखि सरकारलाई पूर्णता दिन छलफल थाल्ने बताएका छन् । उनले सरकारको विषयमा गठबन्धनमा रहेका दलहरुसँग छलफल थाल्ने बताए ।

उनले अगाडि भने, ‘आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि विहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । जोजो दलहरुसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ । सबैसँग बसेर २÷४ दिन भित्रमै सबै टुंग्याउने र काम गर्ने विचार छ ।’

शत प्रतिशत मत आउँछ भन्नुभएको थियो, आएन नि भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले जति भयो, त्यो पर्याप्त रहेको बताए । उनले अगाडि भने, ‘अब आरामसँग सरकार चल्छ । विकास निर्माणको कामले गति लिन्छ ।’

सोमबार प्रचण्डले १७२ मतसहित प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । नेकपा एमाले र राप्रपाले भने प्रधानमन्त्रीलाई विश्वासको मत दिएनन् ।

Ads

सम्बन्धित पोष्टहरू