Ads

सैनामैनामा दिउसै मैनबत्ति बालेर सांकेतिक विरोध प्रर्दशन


बुटवल, । सैनामैना दलित उत्थान समितीले ५८ औं अन्तराष्ट्रि«य रंगभेद तथा जातिय विभेद उन्मुलन दिवस सांकेतिक विरोध गरेर मनाइएको छ । सैनामैनाको सालझण्डि बजार चोकमा दिउसै मैनबत्ति बालेर, दलित विभेद अन्त्य, कानुन कार्यान्वयनको माग सहितका प्ले कार्ड तथा व्यानर प्रर्दसन तथा सांकेतिक विरोध प्रर्दशन गरेको हो ।

सांकेतिक विरोध प्रर्दशन गर्नु भन्दा अगाडि कार्यक्रमको औचित्य बारे सैनामैना दलित उत्थान समितीका अध्यक्ष अम्बिका परियारले संविधानले जातीय छुवाछुत अन्त्य भएको घोषणा गरेता पनि व्यबहारमा कार्यान्वयन नभएको बताईन । उनले सार्वजनिक कार्यक्रममा नेताहरुले जातीय छुवाछुत छैन भनी चर्काे भाषण गर्ने गरेको तर वास्तबिकतामा उनिहरुले नै यो वा त्यो वाहानामा विभेदका श्रृङ्खलालाई बढवा दिएको भन्दै छुवाछुत गर्नेलाई कार्वाहीको दायरामा ल्याउन सरकार असफल भएको जीकीर गरिन ।

पिडितलाई न्याय दिनुको सट्टा उल्टै दुख दिने , मुद्धा दर्ता नगरिने तथा जघन्य अपराधलाई पनि सामान्य मिलोमतोमा मिलाईलिने गरेकाले सरकारका पिडितको पक्षमा वकालत गर्न सक्षम नभएको समेत आरोप लगाइउदै त्यसैको विरोध स्वरुप दिवसका अवसरमा दिउसै मैनबत्ती बालेर न्याय र उज्यालोको खोजीमा अझै पनि दलित समुदायहरु समाजमा भौतारिरहेका छन् भन्ने सन्देश दिन सदा भन्दा फरक खालको कार्यक्रम गरेर दिवस मनाउन लागिएको बताईन । छुवाछुतको मान्यता समाजले नै जबर्जस्ती स्थापित गरेकोमा आपत्ती जनाउँदै उनले समतामुलक समाज निर्माण गर्नुपर्नेमा जोड दिईन ।

दिवसका अवसरमा चर्का भाषण गर्नु भन्दा पनि न्याय, समानता विभेदका विरुद्ध सांकेतिक बिरोध प्रर्दसन गरिएको कार्यक्रम संयोजक जयलाल बिकले बताए ।

कार्यक्रममा संस्थाका सल्लाहाकार सन्तोष परियार, तिलक गहतराज, दलित कार्यपालीका सदस्य डोल बहादुर सुन्धौली, गोरखनाथ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष लता खड्का , सैनामैना नगरपालिका वडा न १ देखि ११ का दलित जनप्रतिनिधीहरु, संस्थाका नगर पदाधिकारी, सदस्यहरु ,प्रत्येक वडाका अध्यक्ष तथा सदस्यहरु र दलित समुदायको उल्लेखनिय सहभागिता रहेको संस्थाका सुचना अधिकारी सीता गौतमले जानकारी दिईन् ।

कार्यक्रमको सहजीकरण सस्थाका महासचिब समुन्द्र नेपालीले गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू