काठमाडौं । उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बिहीबार बसेको बैठकले कोरोना संक्रमण विरुद्ध बिभिन्न निर्णयहरु गरेको छ ।
बैठकले सार्वजनिक स्थानमा थुक्न नपाईनेदेखि सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली लागु गर्नेसम्मका निर्णय गरेको छ ।
काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेबाट जोर-बिजोर प्रणालीमा यातायात चलाउनुपर्ने निर्णय भएको छ।
जोर दिनका दिन जोर नम्बर प्लेटका सवारी र बिजोरका दिन बिजोर नम्बर प्लेटका सवारी मात्र चलाइने पाइने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए।
त्यस्तै सार्वजनिक सेवा लिन जाँदा अनिवार्य खोप कार्ड बोक्नुपर्ने नियम बनाइएको छ। सार्वजनिक स्थलमा हिँड्डुल गर्न पनि खोप कार्डलाई अनिवार्य गरिएको प्रजिअ उपाध्यायले जनाए । त्यस्तै सार्वजनिक स्थलमा जथाभावी थुक्न पनि नपाइने र प्रयोग गरिएका मास्क पनि फाल्न नपाइने निर्णय गरिएको छ।
बैठकले अन्य १५ ओटा पनि निर्णय गरेको छ।
प्रतिक्रिया दिनुहोस्