Ads

तीन तहका निर्वाचनका लागि तयारी अवस्थामा रहन प्रधानमन्त्री देउवाको निर्देशन


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ । प्रधानमन्त्री देउवाले सरकारको नेतृत्व गरेको ६ महिना पुगेको अवसरमा सम्बोधन गर्नुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले तीन तहका निर्वाचनका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ ।
शुक्रबार प्रधानमन्त्री भएपछि पहिलो पटक राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यो वर्ष तीन तहका निर्वाचन गर्नुपर्ने भएकाले सबै निकायहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो ।

उहाँले एक वर्षभित्र तीन तहका चुनाव गर्नुपर्ने कार्यभार रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभयो – तीन तहको निर्वाचन गर्नेपर्ने दायित्व छ । निर्वाचनका सम्पूर्ण काम गर्नका लागि म सम्बन्धित सबैसँग अनुरोध गर्दछु ।

महामारी नियन्त्रण सरकारको पहिलो प्राथमिकता

प्रधानमन्त्री देउवाले कोभिड–१९ महामारी नियन्त्रण सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।

सबै नागरिकमा कोभिड–१९ विरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने अभियान जारी रहेको उहाँको भनाइ छ । प्रधानमनत्री देउवाले विगतमा चैत मसान्तसम्ममा सबै नागरिकमा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराइने गरिएको प्रतिबद्धता अनुरुप सो अभियान अघि बढेको बताउनुभयो ।

खोप अभियानका लागि संघ, प्रदेश र केन्द्र लगायतका तीनै तहका सरकारले प्रभावकारी समन्वय गरिरहेको उहाँको भनाइ छ ।

नेपाली कांग्रेसका सभापति रहनुभएका उहाँले गत असार २९ गते प्रधानमन्त्रीको शपथ लिनुभएको थियो । प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा यस अवधिमा सरकारले गरेका कारकारवाही र मुलुकको वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको छ ।

सम्बोधनका क्रममा उहाँले सरकारले कोभिड–१९ सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सरकारले गरेका कामका बारेमा जानकारी गराउँदै यस कार्यमा सबैको सहयोग गर्न आग्रहसमेत गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले विपद्मा परेका जनताको उद्धारमा गरिएको प्रयास र उच्च प्राथमिकताका साथ राहत र क्षतिपुर्ति प्रदान गरिएको उल्लेख गर्दै बेमौसमी वर्षाका कारण कृषिमा भएको क्षतिको क्षतिपूर्ति प्रदान गर्ने कार्य अघि बढेको बताउनुभयो । सम्बोधनमा उहाँले कृषकलाई मल एवम् बीउको कमी हुन नदिन हरसम्भव प्रयत्न गरिएको बताउनुभयो ।

कोभिड–१९ महामारी नियन्त्रणमा कुनै पनि साधन तथा श्रोतको अभाव हुन नदिन सबैखाले संयन्त्रलाई चुस्तदुरुस्त बनाइएको उहाँले बताउनुभयो । जनस्वास्थ्यको मापदण्ड पालना गर्दै सामाजिक क्रियाकलाप एवम् नियमित कायरु सुचारु गरिएको उहाँको भनाइ छ।

प्रधनमन्त्री देउवाले अहिलेको अवस्थामा अग्रभागमा रहेकालाई बुष्टर डोज उपलब्ध गराइएकोमा आगामी दिनमा बालबालिका, वृद्धवृद्धा एवम् सबैमा यो खोपको उपलब्धता गराइने बताउनुभयो । ‘विद्यालयका छात्रछात्रालाई पनि समयमै खोप उपलब्ध गराउने र औषधिहरु सहजरुपमा उपलब्ध गराउने प्रबन्ध मिलाइएको छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो ।

 

Ads

सम्बन्धित पोष्टहरू