जनकपुर । भौतिक पूर्वाधारमन्त्री मन्त्री रेणु कुमारी यादवले गैर राजनीतिक अभिव्यक्ति दिएकोले तत्काल राजिनामा दिनुपर्ने माग सहित युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका सहइन्चार्ज सञ्जिव कुमार झाका अनुसार सप्तरीदेखि रौतहटसम्मका आठ वटै जिल्ला कमिटीहरुले मन्त्री यादवलाई बर्खास्त गर्न माग गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल मन्त्री यादवलाई बर्खास्त नगरे युवा संघले आन्दोलनलाई थप सशक्त पार्ने चेतावनी युवा नेताहरुले दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्