काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका छन् । उनको सरकारी निवास बालुवाटारमा जारी सत्तारुढ गठबन्धनका नेताहरुको बैठकमा उक्त मस्यौदा पेश गर्नुभएको हो ।
अब उक्त मस्यौदामा बुधबार छलफल हुने बैठकमा सहभागी नेताहरुले बताए । ‘सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भएको छ । भोलि त्यसमा छलफल हुने कांग्रेसका नेता रमेश लेखकले बताए ।
न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद विस्तारबारे छलफल हुने उनको भनाई छ । उनले मन्त्रालय भागवण्डामा धेरै समस्या नभएको समेत बताए । ‘कुरा नमिल्ने केही छैन, सरकार चाँडै विस्तार हुन्छ’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्