Ads

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच बालुवाटारमा वार्ता


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच वार्ता जारी छ ।

वार्तामा सरकारले अघि बढाउन चाहेको विधेयकका बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८–०७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू