Ads

प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनु भएकै छैनः सरकारका प्रवक्ता कार्की


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार सर्वदलीय बैठक नबोलाएको बताइएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक नबोलाएको बताएका छन् ।

प्रधानमन्त्रीले शनिबारका लागि सर्वदलीय बैठक बोलाएको समाचार आएपछि प्रवक्ता कार्कीले प्रधानमन्त्रीले बैठक नै नबोलाएको बताए । ‘सर्वदलीय बैठक प्रधानमन्त्रीले बोलाउनुभएकै छैन । कसरी समाचार मिडियामा आयो ?’ प्रवक्ता कार्कीले भने ।

संसद खुलाउने र आगामी स्थानीय तहको चुनावलगायतका विषयमा आवश्यक परे छलफलपछि सर्वदलीय बैठक बोलाउने उनले बताए ।

सर्वदलीय बैठक आज बिहान ९ बजेका लागि बोलाइएको समाचार सार्वजनिक भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू