Ads

मन्त्रालय र संख्या टुंगाउन सत्ता गठबन्धनको बैठक जारी, केही मन्त्रीलाई भने आजै शपथ गराउने तयारी


काठमाडौं । मन्त्रिपरिषदमा दलहरुले प्राप्त गर्ने मन्त्रालय र संख्या टुंगाउनका लागि सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरुको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा दश दलको बैठक बसिरहेको छ । सत्ताघटक दलका नेताहरुका अनुसार आज नै केही मन्त्रीलाई शपथ गराउने तयारी छ ।

पूर्ण आकारको मन्त्रिपरिषद भने मन्त्रालयको भागवण्डा टुंगो लगाएपछि बनाउने सत्तारुढ गठबन्धनको तयारी छ ।

Ads

सम्बन्धित पोष्टहरू