Ads

शेखर-गगन समूहले ग-यो तीन मन्त्रीको अडान


काठमाडौं । गठबन्धनको भागबन्डामा कांग्रेसले पाएको ८ मन्त्रालयमध्ये इतर समूहले ३ मन्त्री दाबी गरेको छ । पार्टीको कार्यसम्पादन समितिको बैठकपछि शेखर–गगन समूहको छुट्टै छलफलपछि तीन मन्त्रीको अडान राखेको हो ।

बिहीबार बिहान सानेपामा बसेको कार्यसम्पादन बैठकले मन्त्री छान्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । बैठकपछि प्रवक्ता प्रकाशरण महतले भने, ‘सभापतिजीले सबैसँग छलफल र सुझाव लिनुभएको छ । त्यहीअनुसार निर्णय लिनुहुन्छ ।’

सोही अनुसार पार्टी सभापति देउवाले आफूनिकट नेताहरूसँग आन्तरिक छलफल गरिरहेका छन् । देउवाले पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा पठाउने लगभग सहमति बनिसकेको छ ।

यस्तै, आफ्नो पक्षलाई तीन मन्त्रीको बटमलाइनसहित छलफलको निष्कर्षबारे डा. शेखर कोइरालाले सभापति देउवासँग पनि छलफल गर्ने भएका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू