Ads

नाउपाका अध्यक्ष रञ्जिता आफैं सरकारमा जाने


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई मन्त्री बनाउने भएको छ ।

सत्तारुढ गठबन्धनमा भएको भागबण्डामा नाउपाले एक मन्त्रालय पाउने सहमति भएको थियो ।

सांसद गंगाराम चौधरीका अनुसार नाउपाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पाएको छ र अध्यक्ष रञ्जिता आफैं सरकारमा जाने छिन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न मन्त्रिपरिषद विस्तार गर्दैछन् । मन्त्रीहरुको शपथ तीन बजे निर्धारण गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू