काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिएका छन् । सिके राउत नेतृत्वको जनमत पार्टीबाट मन्त्री बनेका खानले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा दिएका हुन् ।
वर्तमान सरकारमा सहभागि हुने समयदेखि नै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा जनमत पार्टीको जोड रहेको थियो । यद्यपी एमालेसहितको तत्कालीन गठबन्धनमा खानेपानी मन्त्रालय परेको थियो ।
पहिले अध्यक्ष राउत नै मन्त्री बन्ने चर्चा रहेपनि रोजेको मन्त्रालय नपाएपछि राउतले खानलाई सरकारमा पठाएका थिए । प्रधानमन्त्री प्रचण्डले तत्काललाई खानेपानी मन्त्रालयमा सम्हाल्नु, पछि मिलाउन भनेको तर अहिले खानेपानी मन्त्रालय नै कायम राखेका कारण मन्त्री खानले राजीनामा दिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्