खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले थिंक ट्यांक समूह बनाएको छ । चैत १९ गतेको नगर कार्यपालिकाको बैठकले विधिन्न विद्याका प्राज्ञ–विज्ञ सम्मिलित ३७ सदस्यीय थिंक ट्यांक समूह बनाएको हो । खोटाङ घर भइ राष्ट्रिय पहिचान बनाएका प्राज्ञ तथा विज्ञलाई समेटेर थिंक ट्यांकको समुह बनाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।
थिंक ट्यांक समुहमा कृषिविज्ञ मदन राई, विश्लेषक हरि रोकादेखि सागर राई, डा. धनप्रसाद सुबेदी, डा. भरत पोखरेल, सनतकुमार बस्नेत, नवल खड्का, अनन्दकला राई, बबिता बस्नेत, डा. महेन्द्र बिष्ट, धनु याख्खा, शान्तिराम राई, किन्दर राईसम्म समेटिएका छन् ।
विज्ञ तथा प्राज्ञको अनुभव, ज्ञान र बिचारलाई नीति निर्माणमा समावेश गरेर नमुना नगरपालिका बनाउने अभियानमा उपयोगका लागि प्राज्ञ–विज्ञ सम्मिलित थिंक ट्यांक समुह बनाइएको हो । थिंक ट्यांक समुहले नगरको समृद्धिका सन्दर्भमा अध्ययन अनुसन्धान गर्ने, बौद्धिक माध्यमबाट नीतिगत सल्लाह दिने, सार्वजनिक नीति र कार्यक्रमको लेखाजोखा गर्ने मेयर भट्टराई बताउँछन् ।
नगरमा ११४ सल्लाहकार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले २१ सदस्यीय प्रोजेक्ट बैंक सल्लाकार समुह बनाएको छ । नगरपालिकाको भूगोल, हावापानी, आवश्यकता र सम्भावनाको आधारमा प्रोजेक्ट तयार पारेर कार्यान्वयनका लागि प्रोजेक्ट बैंक सल्लाकार समुह बनाइएको हो । प्रोजेक्ट बैंक सल्लाकार समुहमा प्रतिमान राई, विकास राई, शुभचन्द्र राई, बम बानीयाँ, राजु लयालु, इन्द्र कसजुदेखि राजेन्द्र राई समेटिएका छन् ।
यस्तै, २८ सदस्यीय समृद्ध नगर श्रोत व्यवस्थापन सल्लाहकारमा टंकबहादुर श्रेष्ठ, राजकुमार पोखरेल, बलराम आचार्य, तेज राई, भोला पोखरेल लगायत छन् । नौ सदस्यीय अनुभवी सल्लाहकारमा रत्न राई, सनबहादुर राई, बिष्णुकुमार राई, पर्शुराम कार्की, बबी चाम्लिङ लगायतलाई समेटिएको छ ।
नगरपालिकाले पुर्व मेयर दिपनारायण रिजाल र पुर्व उपमेयर बिणादेबी राईलाई अनुभवि सल्लाहकार, प्रकाश श्रेष्ठ राजनैतिक सल्लाहकार, जसराज किराती प्राज्ञिक सल्लाहकार, डा. केके राई स्वास्थ्य सल्लाहकार, राजनसेर राई शिक्षा सल्लाहकार, कृष्ण आचार्य सञ्चार सल्लाहकार, नारायणदास राई कानुनी सल्लाहकार, पदमप्रसाद आचार्यलाई साँस्कृतिक संरक्षण सल्लाहकार चयन गरेको छ ।
यस्तै, भोगीराज राई संस्कृति सभ्यता सल्लाहकार, सुर्य राई कृषि सल्लाहकार, ज्ञानिन राई पर्यटन सल्लाहकार, राजनप्रसाद आचार्य निजि क्षेत्र सल्लाहकार, जेपी श्रेष्ठ परराष्ट्र समन्वय सल्लाहकार, विचारी तामाङ खेलकुद सल्लाहकार, चन्द्रप्रसाद अचार्य स्थानीय सामग्री प्रवद्र्धन सल्लाहकार, जेपी राई आन्तरिक पर्यटन सल्लाहकार लगायन चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस्