काठमाडौं । सांसद ढाकाकुमार श्रेष्ठले रकम मागेको विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक बस्दैछ। श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्न दुई करोड मागेको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
मंगलबार बिहान ११ बजेका लागि रास्वपा अनुशासन आयोगको बैठक बोलाएको हो। पार्टी कार्यालय बसुन्धरामा बस्ने बैठकले श्रेष्ठबारे निर्णय गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ।
आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सोमबार उनको अर्को टेप सार्वजनिक भएको हो।
दोस्रो अडियोमा आफूलाई ढाका कुमार श्रेष्ठको भाइ बताउने व्यक्ति र दुर्गा प्रसाईंबीचको फोन सम्वाद छ । त्यसमा ती व्यक्तिले ढाका कुमारले भेट्न चाहेको भन्दै दुर्गा प्रसाईंसँग समय मागेका छन् ।
प्रतिक्रिया दिनुहोस्