काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वाविद्यालय अन्र्तगत परिक्षा नियन्त्रण कार्यलयलाई परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न निर्देशन दिएका छन्।
त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाइ भइरहेको आरोप लागिरहेको समयमा मन्त्री पौडेलले बाँकी रहेका सबै परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।
मंगलबार बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय पुगेर मन्त्री पौडेलले विद्यार्थीले चाहेको बेलामा नतिजा प्रकाशित गर्ने व्यवस्था गर्न निर्देशन दिएका छन् ।
जनशक्तिको अभाव देखाएर परीक्षाको नतिजा प्रकाशित गर्ने काममा ढिलाइ नगर्न भनेका छन् । ‘फाष्ट ट्रयाक’को विधि अपनाएर भएपनि परीक्षाको नतिजा प्रकाशित गर्न निर्देशन दिएका छन्।
‘सेवाग्राहीले समयमा सेवा प्राप्त गर्नुपर्नेमा नतिजा ढिला भएको छ। नतिजा छिटो निकाल्ने फाष्ट ट्रयाकको तरिका अपनाउनुस् । अर्को प्रणाली अपनाउला। तर अहिले नै भएको जनशक्तिबाट छिटोभन्दा छिटो नतिजा निकाल्ने काम अघि बढाउनुस् ।’
यता, परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनशक्ति अभावको कारण परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाइ भएको जवाफ मन्त्री पौडेललाई दिए। उनले जनशक्तिको अभाव र विश्वविद्यालय अन्तरगतको विद्यार्थीहरुको संख्या बढी भएकाले परीक्षाको नतिजा प्रकशित गर्ने काममा ढिलाइ हुन गएको जानकारी गराए।
प्रतिक्रिया दिनुहोस्