काठमाडौ. । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट मदनकुमारी शाह (गरिमा) विजयी भएकी छन् । गठबन्धनको तर्फबाट महिला तर्फबाट शाह उम्मेदवार बनेकी थिइन । उनी नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जसमेत हुन् ।
शाह प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी हुन् ।
निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार प्राप्त गरेकी छन् ।
लुम्बिनी प्रदेशमा गठबन्धनका तर्फबाट काँग्रेसका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी) का राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी भएका हुन् ।
उनीहरुले एमालेको रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरेका हुन् । बुधबार विहान ९ बजे दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको थियो । मतदानमा प्रदेशसभा सदस्य ८१ र १०७ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्