काठमाडौं । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । गठबन्धनकातर्फबाट माओवादीका जगत पार्की, नेकपा एकीकृत समाजवादीकी मदनकुमारी शाह (गरिमा) र काँग्रेस नारायण मिश्र विजयी भएका हुन् ।
नेकपा एमालेका नरेश विक, सन्तोषकुमारी शर्मा थापा र डिल्लीराज भट्ट पराजित भएका छन् । बुधबार बिहान भएको मतदानमा सुदूरपश्चिम प्रदेशमा ५२ प्रदेश सांसद र १७६ जना स्थानीयका प्रमुख उपप्रमुख गरी २२८ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्