काठमाडौं । चितवनको क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आचारसंहिता उल्लंघन गरेपछि तनाव भएको भए पनि त्यसप्रति माफी मागेपछि अवरुद्ध मतदान प्रक्रिया पुन सुरु भएको छ । रास्वपाले आफ्नो गल्ती स्विकार गर्दै माफ्री मागेपछि चितवनको नयाँ किरण माविमा मतदान सुचारु भएको हो ।
भरतपुर महानगरपालिका–११ स्थित नयाँकिरण माविमा बिहान साढे ११ बजेदेखि यो मतदान केन्द्रमा मतदान रोकिएको थियो । रास्वपा कार्यकर्ता नाराबाजी गर्दै मतदानस्थलमा पस्न खोजेपछि नेकपा एमालेका कार्यकर्ताले विरोध गरेका थिए ।
त्यसक्रममा दुई पक्षबीच झडपको अवस्था भएको थियो । झडपको अवस्था आएपछि नाराबाजीमा संलग्न रास्वपाका समर्थकलाई प्रहरीले लाठीचार्ज गर्दै लखेटेको थियो ।
प्रतिक्रिया दिनुहोस्