Ads

इच्छाकामनाको मत गणना हुँदा रविको अग्रता कायमै


चितवन। चितवनको इच्छाकामना गाउँपालिकाको ६ वटा वडाको मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।

लामिछानेले तीन हजार ६०२ पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामप्रसाद न्यौपानेले २ हजार ६२ मत ल्याएका छन् । कांग्रेसका जितनारायण श्रेष्ठले १ हजार ५९३ मत प्राप्त गरेका छन् ।

७ वटा वडा रहेको पालिकाको अब ७ नम्बर वडाको गणना भइराखेको छ । यस निर्वाचन क्षेत्रको इच्छाकामना गाउँपालिका पहाडी क्षेत्रमा पर्दछ ।

Ads

सम्बन्धित पोष्टहरू