Ads

रास्वपा संसदीय दलका नेताले दिए राजीनामा


काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेताबाट उपसभापति डोलप्रसाद अर्यालले राजीनामा दिएका छन् । शनिबार बसेको संसदीय दलको बैठकमा उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाएसँगै स्वीकृत गर्ने प्रक्रियामा छ । अहिले उपनेता श्रेष्ठले उक्त जिम्मेवारी सम्हालेका छन् । यस्तै, पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता बन्दैछन् । स‌ंसदीय दलको बैठक सोमबार बस्ने तयारी छ । बैठकले लामिछानेलाई दलको नेता चयन गर्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू