Ads

काठमाडौंका विद्यालयमा अन्तराष्ट्रिय नाम राख्न एक तिहाइ विदेशी विद्यार्थी हुनुपर्ने


काठमाडौं । काठमाडौं महानगरपालिकाले यहाँ रहेका विद्यालयको विदेशी नाम राख्न कडाई गरेको छ । निजी विद्यालयहरुले अन्तराष्ट्रिय नाम राख्नका लागि एक तिहाई विदेशी विद्यार्थी भएको हुनु पर्ने नियम महानगपालिकाले ल्याएको हो ।

महानगरपालिकाले भनेको छ – ‘कुनै संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रबृत्तिमा अध्ययनरत रहेको हुनुपर्नेछ, कुनै संस्थागत विद्यालयले आफ्नो नाममा नेशनल शब्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्नेछ ।’

नियम लागू हुनु अगाबै यस नियम विपरीतका शब्दहरू जोडेर नामाकरण भइसकेका विद्यालयको हकमा यो नियमावली जारी भएपछिको दोश्रो शैक्षिक–सत्रको सुरु देखिनै लागू हुने गरी उपयुक्त व्यवस्था पालना गर्न वा पुनः नामाकरण गर्नुपर्ने  बताइएको छ ।

समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने महानगरपलिकाले जनाएको छ  ।

‘तर यो नियम प्रारम्भ हुनुभन्दा अगाबै यस नियम विपरीत नामाकरण भैसकेका विद्यालयको हकमा यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखिनै लागू हुनेगरी पुनःनामाकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने छ,’ नियमावलीमा भनिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू