Ads

‘सडक आश्रित मानवमुक्त नेपाल’ बनाउन सरकारको सक्दो प्रयास’ : गृहमन्त्री श्रेष्ठ


काठमाण्डौ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले ‘सडक आश्रित मानवमुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने बताए। शनिबार बिहान काठमाण्डौको बनस्थलीमा रहेको मानव सेवा आश्रममा पुगे उनले त्यसलाई निरन्तरता दिन र अझ उचाईमा पुर्‍याउने काममा पनि सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए ।

उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि त्यहाँका पदाधिकारीहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहालको भेट आजभोलि नै गराउने पनि बताए । उनले प्रधानमन्त्री दाहालले राम्रो कामलाई आत्मासात गर्दै सकेको सहयोग गर्ने नीति लिएको उल्लेख गर्दै सो आश्रमले गरेको मानवीय सेवा संचालनमा ल्याई राख्न सहयोग गर्ने विश्वास व्यक्त गरे । मानवीय सेवा महान सेवा भएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसलाई मर्न नदिन सरकार र आफू व्यक्तिगत रुपमा पनि लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि आफूले प्रमुख राजनीतिक दलका नेतृत्वसँग पनि छलफल गर्ने बताए । उनले मानवीय सेवाको काममा सबैले साथ, सहयोग र सम्मान गर्नुपर्ने स्मरण गराए । त्यस अवसरमा आश्रमका संस्थापक रामजी अधिकारीले आफूहरुले अवको दुई वर्षभित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल बनाउने गरी काम गरिरहेको जानकारी उपप्रधानमन्त्री श्रेष्ठलाई गराएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू