काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्दै छ । स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्ने भएको छ । निर्वाचन आयोगले बैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न दुई पटक सुझाब दिएको छ । तर संविधान र कानून बाझिएको भन्दै गठबन्धनमा एकमत हुन सकेको छैन । जसका कारण स्थानीय तहको निर्वाचनको मिति घोषणा हुन सकेको छैन ।
पछिल्लो पटक संविधानसँग बाझिएका कानुन संशोधन गर्नु पर्ने माग उठिरहेको छ । आज बस्ने गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनबारे निर्णय लिने बताइएको छ । बैठक शनिबार बिहान ९ बजे गठबन्धनको बैठक बोलाइएको छ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो ।
गठबन्धनमा संविधान र ऐनमा एकरूपता ल्याउने भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने गृहकार्यमा सुरु गरेका छन् । स्थानीय तहको निर्वाचनका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चासो दिएकी छन् । उनले प्रधानमन्त्री देउवासँग छलफल पनि गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्