काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखेरेलले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन र अनुसन्धानको जिम्मा सिबिआईलाई लगाउनु पर्ने सुझाव दिएका छन् । आज सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया राख्दै महासचिव पोखरेलले नक्कली शरणार्थी प्रकरणसँग जोडिएर नयाँ नयाँ अडियो दिनदिनै आउन थालेकोले यसको जिम्मा सिबिआईलाई दिएर अनुसन्धान प्रभावकारी बनाउनु पर्ने बताएका हुन् ।
‘नक्कली शरणार्थी प्रकरणसँग जोडिएर नयाँ नयाँ अडियो दिनदिनै आउन थालेका छन् तर अनुसन्धानको गति धिमा र विवादास्पद बन्दैछ,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रभावकारी अनुसन्धानका लागि सिविआईलाई जिम्मा लगाउने हो कि ? किनकि दोषी कोही नछुटुन् र निर्दोष कोही नपरुन् भन्नका लागि अनुसन्धान प्रभावकारी हुनु आवश्यक हुन्छ ।’
प्रतिक्रिया दिनुहोस्