Ads

एउटै प्रधानमन्त्रीलाई पाँच वर्षसम्म निरन्तरता दिन्छौँ भन्न सकिन्न : विश्वप्रकाश


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकलाई स्थिरतातर्फ लाने भन्दै गर्दा एउटै प्रधानमन्त्रीलाई पाँच वर्षसम्म निरन्तरता दिन्छौं भन्न नसकेको स्वीकार गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्तापक्ष र प्रतिपक्षी दलका सबैले यो संसदलाई पाँच वर्ष कायम गरेर जानेमा प्रतिबद्धता गर्नुपर्ने बताए ।

संसदको स्थिरताको जगमै मुलुकको समृद्धि खोजी गर्न सकिने उनको भनाइ छ । सांसद शर्माले नीतिगत सुधार गर्न सरकारले भ्रष्टाचार छानबिन गर्न कुनै पनि हदम्याद राख्न नहुने बताए ।

उनले भने, ‘अर्थमन्त्रीले एकातिर शून्य सहनशीलताको नीति लेख्नुभएको छ । अर्कोतर्फ सरकारले ल्याएको भ्रष्टाचार निवारण ऐन, २०५९ को संशोधनमा भने भ्रष्टाचारको छानबिन गर्न पाँच वर्षको हदम्यादको प्रस्ताव राखिएको छ ।

यो विरोधाभाषपूर्ण छ । त्यसैले म अपिल र आग्रह गर्न चाहन्छु । कुनै किन्तु–परन्तु नगरिकन भ्रष्टाचारको छानबिनको सन्दर्भमा राज्यले कठोरतापूर्वक जान कुनै पनि हदम्याद राख्ने कुराबाट सरकार पछि सर्नुपर्छ, यो राख्ने कुरासँग सहमति हुन सकिँदैन ।’

 

Ads

सम्बन्धित पोष्टहरू