काठमाडौं । भुटानी शरणार्थीका नाममा भएको ठगीमा संलग्नता देखिएपछि कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्न गएको प्रहरी टोलीले मैजुबहालस्थित उनको घरमा खातलासी पनि गरेको थियो । त्यसक्रममा एउटा गोप्य कागज पनि बरामद भएको थियो । तर, एकछिनमै प्रहरीको हातबाट खोसेर खाणले त्यो कागज चपाएर निलिदिएका थिए ।
खानतलासी गर्ने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका इन्स्पेक्टर राजन लामाले खाणका भान्सेको साथबाट एक पत्र बरामद गरेका थिए । त्यो पत्र खाणले भान्सेमार्फत कसैलाई दिन खोजेका थिए, जसमा ठगी प्रकरणसँग सम्बन्धित विषय भएको स्रोत बताउँछ ।
त्यो पत्र आफूविरुद्धको बलियो प्रमाण हुने थाहा पाएपछि खाणले खोसेर चपाइदिएको प्रहरीको आकलन छ । त्यस विषयमा प्रहरीले भान्सेको समेत कागज गराएको छ । ‘इन्स्पेक्टरसाब त्यो कागज हातमा लिएर उनि (खाण)लाई गाडीमा हाल्ने प्रयासमा थिए, त्यही मौकामा खोसेर चपाएर निलिदिए,’ खाणलाई पक्राउ गर्न गएका परिसरका एक प्रहरीले भने ।
प्रतिक्रिया दिनुहोस्