Ads

‘रेशम चौधरी क्रान्तिकारी हुन्’ : बाबुराम भट्टराई


काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरी क्रान्तिकारी रहेको बताएका छन्। बुधबार सामाजिक संजाल ट्वीटरमा एक ट्वीट गर्दै भट्टराईले चौधरीले विद्रोह गरेर नयाँ र भविष्यमुखी सोच, मान्यता र विधि स्थापित गर्न खोजेको बताउँदै उनलाई क्रान्तिकारीको संज्ञा दिएका हुन्।

‘अदालत र न्यायाधीसले

पुराना/विद्यमान कानून, नजीर, सोँच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउँछन् ! क्रान्तिकारीले पुरानो/विद्यमानसँग विद्रोह गरेर नयाँ/भविष्यमुखी सोँच/मान्यता/विधि स्थापित गर्न खोज्छन्,’ भट्टराईले लेखेका छन्,’ इतिहासमा यो अन्तरविरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ ! रेशम चौधरी क्रान्तिकारी हुन् ! सलाम।’

Ads

सम्बन्धित पोष्टहरू