काठमाडौं । सरकारले ढुंगा गिट्टी र बालुवाको निर्यातको सम्भावना खोज्ने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१को नीति तथा कार्यक्रममा चुरे क्षेत्रको संरक्षण गर्दै वातावरणीय ह्रास नआउने गरी ढुंगा गिट्टी र बालुवाको उत्पादन र निर्यातको सम्भावना खोज्ने उल्लेख छ ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट मार्फत यस्तै घोषणा गर्दा विवाद भएको थियो। ततकालीन अवस्थामा प्रतिपक्षमा रहेको हाल सत्तारुढ गठबन्धनले नै त्यस्तो नीतिको तीव्र आलोचना गरेका थिए।
सर्वोच्च अदालतले यस्तो वस्तु निर्यात गर्ने नीति कार्यान्वयन गर्न रोक लगाएको थियो ।
सरकारले ढुंगा गिट्टी र बालुवाको उत्खनन्बारे कानुनी व्यवस्था गर्ने घोषाण पनि नीति तथा कार्यक्रममार्फत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्