काठमाडौं । सरकारले शान्ति प्रक्रियाको बाँकी कामलाई दुई वर्षमा टुंग्याउने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी बाँकी काम दुई वर्षभित्र सक्ने बताए ।
जनयुद्ध र जनआन्दोलनका घाइते बेपत्ता पारिएका परिवार, अपाङ्गता भएका परिवारहरुलाई जीवननिर्वाह तथा द्वन्द्व प्रभावितहरुलाई क्षतिपूर्ति, आर्थिक सहयता उपलब्ध गराउनुका साथै पुनस्थापना र परिपूरणको लागि प्राथमिकता राखेको समेत बताए ।
मावन अधिकारको अयोग, बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको सिफारिसलाई कार्यान्वयन गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्