काठमाडाैं । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुने भएको छ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरेपछि बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले यसबारे जानकारी गराएका हुन् । सरकारको नीति
तथा कार्यक्रममाथि छलफलमा दलीय प्रतिनिधित्वका आधारमा भाग लिनका लागि सांसदहरूले अग्रिम सूचना दिइसकेका छन् । साथै त्यसमाथि संशोधन प्रस्ताव राख्न चाहने सांसदहरूले सो को सूचना शनिबार बिहान ११ बजेदेखि २ बजेसम्म संघीय संसद् सिंहदरबारमा दिइसकेका छन् । प्रतिनिधिसभाको बैठक आज आइतबार बिहान ११ बजे बस्नेछ।
प्रतिक्रिया दिनुहोस्