Ads

आज पनि संसदमा नीति तथा कार्यक्रममाथि छलफल हुने


काठमाडौं ।आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संसदमा आज पनि छलफल हुने भएकाे छ । गत शुक्रबार प्रस्तुत भएकाे  नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल शुरु भएकाे हाे । आइतबारकाे  छलफलमा भाग लिँदै सांसदहरूले आफ्ना सुझाव संसदमार्फत सरकारलाई पेस गरेकाछन् ।

सरकारको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड, उपलब्ध स्रोतसाधनको उचित प्रयोग, सुशासन तथा भ्रष्टाचार निवारण, योजना तथा कार्यक्रमको प्राथमिकीकरणलगायतका सुझाव सांसदहरूले दिएका हुन् । याे क्रम जेठ ११ गतेसम्म जारी रहने छ। आजकाे बैठक बिहान ११ बजे बस्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू