Ads

कांग्रेसलाई योगेशको प्रश्न : नीति तथा कार्यक्रममा जनयुद्ध शब्द स्वीकार गरेको हो ?


काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रममा रहेको जनयुद्ध शब्द स्वीकार गरेको हो भनेर नेपाली कांग्रेसलाई प्रश्न गरेका छन् ।

नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले सांसद भट्टराईले ०७२ सालपछि पहिलो पटक सरकारी दस्तावेजमा जनयुद्ध शब्द परेको बताए ।

सोभियत युनियन ढलेको र समाजवादी राज्य व्यवस्थामाथि ठूलो संकट आएको बेला अमेरिकी लेखक फ्रान्सिस फुकुयामाले समाजवादी विचारको अन्त्य भयो भन्ने सन्दर्भमा ‘इण्ड अफ दि हिस्टी’ लेखेको चर्चा गर्दै उनले अघि, ‘त्यो कुरालाई हामीले अस्वीकार ग-यौं । दुनियाँका मार्क्सवादीहरुले अस्वीकार गरे ।’

दुनियाँका माक्र्सवाद फेरि पुनर्जाग्रित भएर आएको भन्दै उनले अघि भने, ‘आज कता–कता के लाग्छ भने फुकुयामाले बीपी, गणेशमान, किसुनजी, गिरिजाप्रसाद जस्ता व्यत्तित्व पछिको एउटा निक्छरो नेपाली कांग्रेसको हालत देखेर कांग्रेसकै लागि यो लेख्नु भएको हो कि भन्ने लागिरहेको छ ।’

यदि एक नम्बर बुँदा स्वीकार गर्छ भने कांग्रेसको इतिहासकै अन्त्य हुने उनको दाबी छ । एमाले सचिव भट्टराईले अघि भने, ‘यसमा माननीय शेरबहादुर देउवाजीबाटै जवाफ पाए हुन्थ्यो भन्ने लाग्छ । उहाँ पार्टी सभापति हुनुहुन्छ, गठबन्धनको सबभन्दा ठूलो नेता हुनुहुन्छ, उहाँको नीति विना यो नीति कार्यक्रम कसरी बन्यो होला ?’

Ads

सम्बन्धित पोष्टहरू