काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले एमालेका सांसद योगेश भट्टराईलाई बैगुनी कमरेड भन्दै व्यंग गरेका छन् ।
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सापकोटाले बालाई खुशी पार्न योगेशले आफ्नो निष्ठा बन्धकी राखेको आरोप लगाए ।
उनले भने, ‘बालाई खुशी पार्न आफ्नो निष्ठा बन्धकी राखेर व्यंय गर्ने बैगुनी कमरेडलाई भन्न चाहन्छु, जनयुद्ध महान क्रान्ति थियो । गर्वका साथ यो रोस्टमबाट जनयुद्ध जिन्दावाद भन्न चाहन्छु ।
निष्ठाको कुरा गर्दा बीपी कोइरालाको राजा महेन्द्रसँग निकै ठूलो टकराब पर्ने बेलामा उहाँले एकदिनको डायरीमा कोटेसन लेख्नुभएको रहेछ । हुन त ज्ञान पनि पूर्ण त हुँदैन, तर पनि नियतिमा भन्दा पनि ज्ञानमै नै बढी निर्भर रहनुपर्छ जिन्दगी भनेर लेख्नुभएको रहेछ । म एकपटक बैगुनी कमरेडलाई बीपीको डायरी अध्ययन गर्न अनुरोध गर्दछु ।’
ओलीले दुई घण्टा लामो हेडमास्टरी शैलीमा पढाएको सांसद सापकोटाले टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस्