काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले भ्रष्टाचारका विषयमा उठेका कुरामा सहमत रहेको बताए । तर उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौति दिएका छन् । उनले ओली जी विगतका भ्रष्टाचार प्रकरणमा दोषी देखिए जेल जान्छु भन्ने आँट छ ? भन्दै प्रश्न गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले लडाकु शिविरमा घोटाला भएको देखिए जेल जान्छु भनेजस्तै ओलीलाई पनि त्यो आँट गर्न चुनौति दिए ।
उनले भने, ‘भ्रष्टाचारका कुरा उठे । रघुजी पन्तले पनि नैतिकताको कुरा गर्नुभयो । त्यै नैतिकता भएर होला प्रधानमन्त्रीज्यूले क्यान्टोनमेन्टका फाइलहरू खोलौं म दोषी रहेछु भने जेल जान तयार छु भन्नुभयो । प्रमुख प्रतिपक्षी दलको नेताले पनि यती र ओम्नीका फाइलहरू खोलौं, गल्ती रहेछ भने जेल जान तयार छु भन्ने आँट गरौं । सुरुवात त्यहाँबाट नै हुन्छ ।’
उनले ओलीले बाघले घास खाँदैन भनेर दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै बाघले घास नखाने भन्दै बुढो भएपछि फट्याङग्रा टिप्न थाल्ने टिप्पणी समेत गरे ।
प्रतिक्रिया दिनुहोस्