मधेश प्रदेश । मधेश प्रदेश सरकारको मन्त्रालय बाँडफाँटबारे पाँच दलको बैठकले कुनै निष्कर्ष निकाल्न सकेन । बैठकमा मुख्यमन्त्री सरोजकुमार यादव ,नेपाली कांग्रेसका कृष्ण यादव, लोसपाका अभिराम शर्मा, माओवादी केन्द्रका भरतप्रसाद साह, नेकपा (एस) का गोविन्द न्यौपानेको सहभागिता रहेको थियो । मन्त्रिपरिषद् विस्तार र मन्त्रालयको भागवण्डाको विषयमा बैठकमा छलफल भएपनि कुनै निष्कर्षमा नपुगेको बैठकमा सहभागी लोसपा नेतृ रानी शर्मा तिवारीले जानकारी दिइन्।
बैठकमा आफूहरुले मुख्यमन्त्रीलाई सबै दललाई विश्वासमा ल्याएर एउटा खाका प्रस्तुत गर्न भनेको उनले बताइन्। बैठकमा आलोपालो सरकार नेतृत्वको समयावधि, अर्काे कार्यकाल कसले पाउने र मन्त्रालय बाँडफाँटबारे पनि छलफल भएको थियो । गत शुक्रबार सत्तारूढ दलका शीर्ष नेताहरूसहित प्रदेशका दलीय नेताहरूको सहभागितामा भएको बैठकले वर्तमान जसपा नेतृत्वको सरकारलाई यथावत् राख्दै मधेश प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्