Ads

रवि लामिछानेको आक्रोश : घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि जानेको छ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई इरिटेड गरेको भन्दै आक्रोश पोखेका छन् । बुधबार सर्वोच्च अदालतमा आफूविरुद्ध मुद्धा दर्ता भएपछि लामिछानेले आज सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेका हुन् ।

उनले मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु अलग कुरा भएको प्रतिक्रिया दिएका छन् । सभापति लामिछानेले अदालतले गएको माघ १३ गते गरेको फैसलामा आफूले अमेरिकी नागरिकता त्यागेको निश्चित गरेको बताएका छन् । आफूले अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरी पुन नागरिकता पनि कायम गराइसकेको उनको दाबी छ ।

हेर्नुहोस् रविको स्टाटस 

Ads

सम्बन्धित पोष्टहरू