Ads

स्थानीय तहको निर्वाचनबारे प्रधानमन्त्री र निर्वाचन आयोगबीच छलफल हुँदै


काठमाडौं । स्थानीय तह निर्वाचन जेठमा गर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच मंगलबार छलफल हुदैछ । प्रधानमन्त्री देउवा र निर्वाचन आयोगबीच निर्वाचनबारे छलफल गर्न ३ बजे छलफल हुने बताइएको छ ।

आजको छलफलमा कानुनका बारेमा छलफल हुने बताइएको छ । किनभने यसअघि आयोगले वैशाख १४ र २२ गतेका लागि दुई चरणमा निर्वाचनको मिति प्रस्ताव गरेको थियो । आजको छलफलले जेठ मसान्तभित्र दुई चरणमै निर्वाचन गर्ने गरी मिति तय हुन सक्ने बताइएको छ ।

छलफलमा जेठमा निर्वाचनको मिति तय भएमा आयोगले आयोगले गृह मन्त्रालयमा चुनावको मितिसम्बन्धी प्रस्ताव पेस गर्नेछ । आयोगको सो प्रस्ताव गृह मन्त्रालयले क्याबिनेटमा पेस गरेपछि चुनावको मिति औपचारिकरुपमा तय हुनेछ ।

सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुबीच सहमति नहुँदा स्थानीय तहको निर्वाचनबारे अन्योल रहँदै आएको थियो । गठबन्धनमा आगामी जेठ महिनाभित्र चुनाव गर्ने सहमति बनेसँगै प्रधानमन्त्री देउवाले मिति घोषणाबारे छलफल गर्नका लागि निर्वाचन आयोगका पदाधिकारीहरूलाई बोलाएका हुन् । केहि दिन पहिला आयोगले विज्ञप्ति नै जारी गरेर सरकारमाथि निर्वाचनको मिति घोषणा गर्न दबाब दिएको थियो । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को व्यवस्था बमोजिम स्थानीय तहको कार्यकाल समाप्त हुनु अगावै निर्वाचन गर्नुपर्ने भन्दै आयोगले तत्काल मिति घोषणा गर्न आयोगको सरकारसँग माग थियो ।

सोमबार प्रधानमन्त्री देउवाले बागमाति प्रदेशका कांग्रेसका पदाधिकारीसंग जेठ ४ गते चुनाव गर्ने गरी मिति घोषणा गर्ने सङ्केत गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू