Ads

आगामी वर्षमा नयाँ सवारी र सरकारी भवन नबनाउने घोषणा


काठमाडौं, । सरकारले आगामी आर्थिक वर्ष २०८०/८० मा नयाँ सवारी नकिन्ने र सरकारी भवन पनि नबनाउने घोषणा गरेको छ। संघीय संसदमा आगामी वर्षको बजेट प्रस्तुत गर्दे अर्थमन्त्री डा. प्रकाशशरण महतले घोषणा गरेका छन् ।

सरकारी अधिकारीहरुलाई दिइने इन्धन सुविधालाई अब नगदमा स्वीकृति मापदण्डमा आधारित भएर नगदमै दिने व्यवस्था गरिने भएको छ ।

त्यसैगरी सरकारी सवारी साधन किन्नुको सट्टा सवारी चढ्ने अधिकारीहरुलाई एकमुष्ट रुपमा नगदै प्रदान गर्ने घोषणा पनि बजेटले गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू