कोशी । जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ।सुनसरीको इटहरीमा बुधबार सम्पन्न बैठकले प्रदेश सरकारमा सहभागी स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
लिम्बू एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा गत पुस २५ गते सहभागी भएकी थिइन् । केन्द्रमा सत्ता गठबन्धन दलमा रहेका दलहरु माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्नेमा कांग्रेसले जोड दिइरहेको थियो।
जसपाको यो निर्णयसँगै कार्की नेतृत्वको सरकार संकटमा पर्ने देखिएको छ। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनु पर्नेछ। गत पुस २४ गते माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार मुख्यमन्त्री नियुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस्