Ads

आज नेमकिपाले राजधानीमा जुलुश र धर्ना गर्ने


काठमाडौं । राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आज राजधानीमा जुलुश र धर्ना कार्यक्रम गर्ने भएको छ।

आज बिहान ९ बजे कोटेश्वरमा जम्मा भइ जुलुश गरेर संघीय संसद भवन नयाँं बानेश्वरमा धर्नामा बस्ने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाइले बताए। धर्नामा पार्टीका केन्द्रीय नेताहरुबाट सम्बाेधन हुनेछ।

यसअघि बैशाख १७ गते बसेकाे पार्टीको सचिवालको बैठकले  नागरिकता प्रमाणीकरण तत्काल रद्द गर्न माग गरेको थियो। त्यस पछिबाट निरन्तर पार्टीले जिल्ला जिल्लामा विरोध कार्यक्रम गर्दै आएको छ। यस अन्तर्गत केन्द्रीय राजधानी काठमाडौँमा जुलुश र धर्ना गर्न लागेको हाे।

Ads

सम्बन्धित पोष्टहरू